५० वर्षपछि पनि ८५ वर्षीय बिजुक्छे नै नेमकिपा अध्यक्ष

Artharajniti  ~  नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ। अध्यक्ष चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ८५ वर्षीय बिजुक्छेले पार्टीमा युवाहरूलाई काम दिन पनि आफूले नै नेतृत्व सम्हाल्नुपरेको बताए। बिजुक्छे पार्टी स्थापनाकालदेखि अनवरत रूपमा नेतृत्वमा छन् त्यो पनि सर्वसम्मत रूपमा। नेमकिपा वि. सं. २०३१ माघ १० गते […]

पाँचवटा अध्यादेश प्रतिनिधि सभामा पेस हुँदै

Artharajniti  ~  प्रतिनिधि सभाको बैठकमा आज भूमिबाहेकका पाँचवटा अध्यादेश अघि बढाइँदैछ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलबार अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । आज दिउँसो १ बजेका बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित […]

“यो सरकार जति टिक्छ, माओवादीलाई फाइदा हुन्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु […]

ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने

Artharajniti  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयबाट कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।घिसिङले पुस अन्तिममा कार्यसम्पादन विवरण मन्त्रालयमा बुझाएका थिए । घिसिङसँग गरिएको कार्यसम्पादन करारमा प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण भदौ मसान्तभित्र […]

” राजसंस्था पुनर्स्थापनाको नभएसम्म विश्राम लिँदैनौँ ” : डा. राणा

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त नभएसम्म आफूहरु नरोकिने बताएका छन् ।‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन […]

अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायतामा रोक

Artharajniti  ~  अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकेको घोषणा गरेको छ । अमेरिकी संचारमाध्यम ब्लुमबर्गका अनुसार अमेरिकाले रुसविरुद्ध युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गरेको घोषणा गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका हुन् । तीन वर्षअघि आक्रमण शुरु भऐदेखि नै अमेरिकाको सैन्य सहायता युक्रेनको सबैभन्दा ठूलो स्रोत रहिआएको छ । जसमा हतियार, उपकरण र […]

” राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चल्यो ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् । डलरको लोभ […]

” चुनावमा बहुमत ल्याउने परिस्थिति छैन ” : सभापति देउवा

Artharajniti  ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने […]

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् । आज सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ । […]

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

Artharajniti  ~  +++गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो । […]