“इतिहासको रथ पछाडि फर्किन असम्भव ” : अध्यक्ष नेपाल

Artharajniti  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन्। सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे।आइतवार पोखराको एक हप्ताको […]

काठमाडौं जिल्ला प्रशासनबाट राजधानीका केही स्थानलाई निषेधित क्षेत्र घोषणा

Artharajniti   ~  काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।फागुन २५ गतेदेखि दुई महिनासम्मका लागि निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास, लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । आगामी दुई महिनासम्मका लागि यी स्थानमा पाँचजना भन्दा […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Artharajniti  ~  प्रनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि […]

उच्च अदालत पुगे रवि लामिछाने

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने उच्च अदालत  पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । लामिछानेसँग रुपन्देही  जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको  कानुन व्यवसायी […]

” राजतन्त्रको पक्षमा कुनै माहोल छैन, हल्ला गरेर केही हुँदैन ” : सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको बताएका छन्। यो कुरा उनले धनगढीमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफमा भनेका हुन्। पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए। जबाफ दिँदै देउवाले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’ राप्रपा, राप्रपा नेपाललगायतको आह्वानमा आइतबार […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Artharajniti  ~  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश […]

“लोकतन्त्रको विकल्प छैन, राजतन्त्र फर्किने सम्भावना छैन ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । “देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको […]

बन्धकलाई रिहा गर्न हमास समूहलाई राष्ट्रपति ट्रम्पको चेतावनी

Artharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकलाई रिहा गर्न हमास समूहलाई अन्तिम चेतावनी दिएका छन्। सामाजिक सञ्जाल सोसल ट्रुथमार्फत् ट्रम्पले बन्धकहरुको रिहाईका लागि आफूले अन्तिम चेतावनी दिएको भन्दै यदि उक्त कुराको बेवास्ता गरे हमासको कुनै पनि सदस्य सुरक्षित नहुने बताएका हुन्। ट्रमपले लेखेका छन्-‘सबै बन्धकलाई तत्काल छोड, जसको हत्या गरेका छौ उनीहरुको शव पनि […]

ऊर्जाले कुलमानलाई पठायो मन्त्रिपरिषदले सोधेको स्पष्टीकरण

Artharajniti  ~  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको छ। बिहीबार पत्राचार गर्दै मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार सफाइ पेस गर्न आग्रह गरेको हो। मन्त्रिपरिषदमा तीन दिनभित्र सफाइ पेस गर्नुपर्ने पत्रमा उल्लेख छ। ‘ऊर्जा मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ […]

पूर्व राजालाई ओली, देउवा र प्रचण्डको चुनौती : ” मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला “

Artharajniti   ~  प्रमुख तीन दलका शीर्ष नेताले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति  शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैदिन पूर्व राजा शाह र उनका समर्थकहरुलाई राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिएका हुन् । […]