माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

Artharajniti  ~  धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]

मन्त्रीका साथै सचिवालयमा हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा […]

वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आमाबुबाको मन्त्री साउदसँग आग्रह

अर्थ राजनीति  ~ विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन् । मन्त्री साउद भन्छन ~ “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, साथै , “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा […]

बालकुमारीमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।  मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। मन्त्री ज्वालाले  कुराकानी गर्दै आन्दोलनकारीले आफू […]

सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन रास्वपाले गठन गर्‍यो कार्यदल

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् । वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले बिहीबार सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता […]

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ । […]

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघ्यो

Artharajniti  ~  गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, यी हुन् एजेण्डा

Artharajniti   ~  सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै बैठकमा […]

राष्ट्रिय सभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत नियुक्त

Artharajniti  ~  माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस १६ गतेदेखि लागुहुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  नियुक्त भएका निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा […]

नेपाल विद्युत प्राधिकरण : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद

Artharajniti  ~  डेडिकेटेड र ट्रंक लाइनबाट सेवा लिएबापत महसुल नबुझाएको भन्दै ९ ठूला उद्योगको लाइन काटेको नेपाल विद्युत प्राधिकरण सूचना संकलनदेखि उद्योगीको गतिविधि नियाल्नमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को निर्देशनपछि धमाधम लाइन काट्न थालेको प्राधिकरण उद्योगीदेखि राजनीतिक नेताहरुले टीओडी मिटरको रेकर्ड देखाउन दबाब दिएपछि औपचारिकरुपमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा लागेको हो। उसले बुधबार […]