२०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

ARTHARAJNITI  ~  सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा चार सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरू पुरूषोत्तम पराजुली र चण्डीराज ढकाल, पूर्वप्रहरी […]

 प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाए काठमाडौं

ARTHARAJNITI ~  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन्। उनले विकास निर्माणका कार्यलाई तीव्रता दिने र प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याबारे छलफलका लागि मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको बैठक बिहीबार अपराह्न २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बस्ने तय भएको छ। राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र […]

कार्यसम्पादनअघि कांग्रेसले बोलायो अनुशासन समिति बैठक

Artharajniti  ~  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित […]

फेरि तीन लाख माथि उक्लियो सुनको भाउ

Artharajniti  ~  नेपाली बजारमा आज (बुधबार)सुन-चाँदीको भाउ बढेको छ। मंगलबार तोलामा तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय […]

रास्वपाले बोलायो संसदीय दलको बैठक, दुई कार्यसूची

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार दिनको १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकका दुई कार्यसूची तय गरिएको छ । जसअनुसार बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ […]

खाडी क्षेत्रमा तनाव चुलिँंदै, वार्ता असफल

Artharajniti  ~  मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका छन् । […]

कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक

Artharajniti  ~   नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए । कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता […]

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

Artharajniti   ~   राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्‍ हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्‍मा उक्त हेरफेर गरिएको हो। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई  पदमुक्त गरेका छन्। योसँगै मन्त्रिपरिषद्मा […]

राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था […]