अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाद्वारा प्रदर्शन

Artharajniti  ~  जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए […]

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार ४००

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ ह जार रुपैयाँमा […]

प्रचण्ड : “संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिर हुन्छ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएको छ ।यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरित गर्दा नै चुनावको पक्षमा उभिने निर्णय भएको हो ।अझै चुनाव हुने वा नहुने भन्ने अन्योल राजनीतिकदलहरू र […]

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

Artharajniti  ~  सरकार गठन भएको करिब एक महिना पुग्न लागेको छ । जेन–जी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको तीन सातासम्म पनि राजनीतिक दलहरु र सरकारबीच औपचारिक संवाद सुरु हुन सकेको छैन । निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि सोमबार निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ। आन्दोलन र त्यसपछिको आगजनीका कारण […]

” लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी२१  फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने उनको प्रस्ताव छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष […]

” नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागे ” : डा. बाबुराम भट्टराई

Artharajniti ~  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताउनुभयो । उहाँले राजनीतिक […]

पाँचवटा उपकरण प्रयोग गरी पन्छाउन थालियो तुइन खोलाको पहिरो

Artharajniti  ~  पाँचवटा उपकरण प्रयोग गरी तुइन खोलाको पहिरो पन्छाउन थालिएको छ। मंगलबार अपराह्न ४ः५० बजे तुइन खोलामा भीषण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध छ। पहिरो पन्छाउन शुक्रबारसम्मै लाग्ने अनुमान गरिएको छ। त्यहाँ करिब १६००० घनमिटर परिणामको पहिरो खसेको प्रारम्भिक आकलन छ। खिइएका पत्रे चट्टानयुक्त कमजोर पहाडका कारण त्यहाँ पहिले पनि पहिरो झरिरहने समस्या थियो। […]

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा […]

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

Artharajniti ~  निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ । आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली […]

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गरे पहिलो अध्यादेश जारी

Artharajniti  ~  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन […]