“कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ ” : सञ्चारमन्त्री

Artharajniti  ~   एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन् ।‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना […]

कोशीमा हर्क र कुलमान प्रभाव : एमालेको ‘गढ’मा नयाँ दलको काउन्टर

Artharajniti  ~  जेनजी आन्दोलनपछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेका बेला आगामी फागुन २१ मा निर्वाचन भए यो जनमतमा निकै फेरबदल हुने सम्भावना छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको ‘भोट बैंक’ खल्बलिएको छ, जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ । कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि […]

“यो सरकार लोकतान्त्रिक हुन सक्दैन “: अध्यक्ष ओली

Atharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको भनाइ छ । एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको […]

“शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ ” : गृहमन्त्री अर्याल

Artharajniti  ~  जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले भने, ‘करिब २ महिनाको अवधिमा हामीले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौँ ।’ जेनजी युवाहरू समेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरेर सुरक्षा जोखिम भएका […]

८ प्रतिशत नगद लाभांश दिँदै ग्लोवल आइएमइ बैंक

Artharajniti  ~  ग्लोवल आइएमई बैंकले आफ्ना शेरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने भएको छ । १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रश्तुत […]

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

Artharajniti  ~  सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले यो मुद्दामा आज पेसी तोकिएको बताए ।गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र […]

नेपाल वायु सेवा निगमको रिक्त महाप्रबन्धकमा दरखास्त आह्वान

Artharajniti  ~  नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्ने उल्लेख गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा […]

धरौटीका रूपमा पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

Artharajniti ~  डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ […]

प्रचण्ड :-” एमाले छाडेर सबै यता आउँछन् “

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै […]

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान

Artharajniti  ~  उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी […]