स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

Artharajniti  ~  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। नयाँ राजनीतिक परिस्थितिका कारण आफूले सरकारबाट बाहिरिने निर्णय गरेको यादवले बताएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएपछि यादव प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट थिए। प्रचण्डसँगको आइतबारको भेटवार्तापछि नै यादवले सरकारबाट बाहिरिने बताएका थिए। यस्तै, जसपाका तर्फबाट वन तथा वातावरणमन्त्री रहेका दीपक कार्कीले पनि […]

सभामुख घिमिरेले बोलाए शीर्ष नेताहरूको बैठक

Artharajniti  ~  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएका हुन्। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका […]

जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक

Artharajniti   ~  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन […]

काठमाडौं फेरि बन्यो सबैभन्दा प्रदूषित सहर

Artharajniti  ~  काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रूपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो […]

मन्त्रिपरिषद् बैठक चार बजे बस्ने

Artharajniti  ~  बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ ।  मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । यसैबिच आजको […]

“नवप्रवर्तनका लागि एक प्रतिशत बजेट छुट्याउने तयारी छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका लागि कोष स्थापना गर्ने बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अघि बढिसकेको बताए। कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनको भनाइ […]

” नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ ” : स्वास्थ्यमन्त्री यादव

Artharajniti  ~  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए । तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई  सरकारले प्राथमिकता दिएको उनले बताए । मन्त्री यादवले सन् […]

” इलामको निर्वाचन परिणामले सचेत बनाएको छ ” : रास्वपा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा […]

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोप

Artharajniti   ~  मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् । ‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग […]

इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता

Artharajniti  ~  इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् । पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले […]