प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको हो। प्रतिनिधि सभाको बैठकले आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

“अब नेतृत्व बदल्नु जरुरी ” : कुलमान घिसिङ

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निराशै निराशामा बाँचेका नागिकलाई आशा जगाउन नेतृत्व बदल्नुपर्ने बताएका छन् । कतारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी) र नेपाल जनजाति महासंघद्वारा दोहामा आयोजित उज्यालो संवादलाई सम्बोधन गर्दै घिसिङले नेपालमा आशाको वातावरण बनाउन नेतृत्व परिवर्तन गरेर अगाडि जानुपर्ने बताएका हुन् । ‘नेपालमा केही हुन्न भन्ने निराशै […]

मेयरले बोलाए कार्यपालिका बैठक

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको […]

रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ । पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन […]

रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै अभिनेत्री मनीषा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् । लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन् । बिहान ११ः ३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए । […]

‘५२ संवैधानिक निकायका पदाधिकारी नियुक्ति सदर हुनु गलत हो’ : प्रचण्ड

Artharajniti   ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन् । सोमबार अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको निर्णयमा राजनीतिक प्रभाव भएको बताए । ‘अब अदालतले निर्णय नै सकेपछि त्यो अदालतको निर्णयलाई मैले गलत इन्टरप्रेटेसन त गर्न चाहन्नँ । तर जे […]

भोटेकोशीमा बाढीले मितेरी पुल बगायो, ठूलो क्षतिको आशंका

Artharajniti  ~   भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा ठूलो क्षति भएको छ । तिब्बततिर परेको वर्षापछि आएको बाढीले बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले पुर्याएको थप क्षतिको विवरण संकलन गर्ने काम भैरहेको सहायक प्रहरी निरीक्षक ज्योतिराम बीसीले जानकारी दिए । नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा […]

दुई दलको गठबन्धन पूरै अवधि जान्छ: सभापति देउवा

Artharajniti  ~   कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीचको गठबन्धनको सरकार पूरै अवधि जाने दाबी गरेका छन् । एक सातासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूले बोलिसकेपछि सभापति देउवाले सोमबार बैठकको समापन गर्दै गठबन्धनमा तलमाथि नहुने सन्देश दिएका हुन् । गठबन्धनको विषयमा कांग्रेस बैठकलाई चासोपूर्वक हेरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्देश दिने गरी देउवाले […]

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव : निर्मल निवास खुला

Artharajniti   ~ पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास […]

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Artharajniti  ~  उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए । […]