नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प

अर्थ राजनीति  ~  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प भएको २४ घण्टादेखि ठप्प छ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलाआडमा बिहीबार दिउँसो १ बजेतिर पहिरो खसेर बाटो अवरूद्ध भएको हो । पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ने डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । सडकभन्दा ३०/४० मिटर माथिबाट ढुंगाहरू आएर सडकमा लगातार […]

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ राजनीति ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि […]

आज असर १५ , धान दिवसमा कृषि मन्त्री धान रोप्दै

अर्थ राजनीति  ~  २०औँ राष्ट्रिय धान दिवसका अवसरमा आज कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् । सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी […]

” भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैन ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताउनु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र […]

पशुपतिमा जलहरी अपराह्न ४ बजेपछि पुनर्स्थापित गरिने

अर्थ राजनीति  ~  पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले बताए। आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित […]

काठमाडौं महानगरपालिका : ३० दिनभित्र सबै विवरण अद्यावधिक गर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा […]

प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको […]

” सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ ” : एमाले

अर्थ राजनीति  ~   नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् । त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार […]

कांग्रेसमा आन्तरिक विवाद थप पेचिलो बन्दै

अर्थ राजनीति  ~  सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत […]

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।  जसअनुसार आजको  बैठकमा भूमि व्यवस्था, सहकारी […]