चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

Artharajnit ~  प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव […]

” कांग्रेसले घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ ” : गगन थापा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले यस वर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् । सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । ‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र […]

रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु, ८ जना घाइते

Artharajniti  ~  रामेछापमा  बस दुर्घटना  भएको छ  । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ […]

गगनको आग्रह- ” मलाई गरेको विश्वास भोटमा बदल्नुस् “

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी–२ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् । ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ,’ सभापति थापाले भने, ‘अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी […]

बैंकमा पैसा थुप्रियो, कर्जा चल्न सकेन

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा निरन्तर देखिँदै आएको अधिक तरलता व्यवस्थापन गर्न आइतबारमात्रै बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । अत्यधिक तरलताले ब्याजदरमा असन्तुलन ल्याउने जोखिम बढेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोगमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अत्यधिक रूपमा थुप्रिदै गएपछि राष्ट्र बैंकले नियमितरूपमा तरलता व्यवस्थापनका […]

” आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्छौ : : सभापति थापा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर […]

रवि लामिछाने आज रुपन्देहीको निर्वाचन क्षेत्रमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही आएका छन् । आइतबार साँझ रुपन्देही आएर उनी होेटल मणिग्राम विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ । बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । दिनभर ५ […]

राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु : अध्यक्ष लिङ्देन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद  खाएर बनेको पार्टी नभएको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताएका हुन् । लिङ्देनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने […]

“काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ” : सभापति थापा

Artharajniti  ~ सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको […]

मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह: कारबाहीको चेतावनी

Artharajniti  ~  सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता […]