बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

अर्थ राजनीति  ~   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको […]

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै

अर्थ राजनीति ~   प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले […]

गौतमबुद्ध विमानस्थलमा श्रीलंकन र ड्रुक एयरले उडान गर्ने

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र  भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतमबुद्ध विमानस्थलमा उडान गर्न तयार रहेको जानकारी दिएका थिए। ‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीवीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका […]

राष्ट्र बैंकका सञ्चालक शिवाकोटी : ” नियामकीय भूमिकामा नेपाल राष्ट्र बैंक कमजोर “

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन । “नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै मुख्यगरी दुईवटा विषयलाई केन्द्रमा राखेर […]

” समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा शुरु भइसक्यो ” : मन्त्री किराँती

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको […]

ललिता निवास प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी

अर्थ राजनीति  ~  ललितानिवास जग्गा प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् […]

महानगरको स्वीकृतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने काम नगर्न चेतावनी

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाको अनुमतिबिना सार्वजनिक जग्गा लिजमा लिने दिने कार्य नगर्न चेतावनी दिएका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले कानुन प्रतिकूल सरकारी जग्गा लिजमा दिने लिने कार्यको रोकथामसम्बन्धी सूचना जारी गर्दै स्थानीय तह कार्यपालिकाको सिफारिस बिना लिजमा लिनदिन नसक्ने स्मरण गराएका छन् ।   उनले स्थानीय सरकार सञ्चालन ऐन, […]

कोशीमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाने

अर्थ राजनीति  ~  कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले र राप्रपा अदालत पुग्ने भएका हुन् ।सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा आजै नियुक्त हुने

अर्थ राजनीति  ~  कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् । यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ ।  माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार […]

उपप्रधानमन्त्री : ” प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत “

अर्थ राजनीति  ~  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीत भएको तर्फ गरेका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यता विपरीत भएको बताए । ‘प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग […]