चिकित्सकको प्रश्न : पेसा छाडौँ कि देश ?

Artharajniti  ~ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था […]

राष्ट्रपति पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो । राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा […]

गगन थापा :- “विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं “

Artharajniti  ~   प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन‍्। ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्। शिक्षा विधेयक […]

प्रधानमन्त्रीको चीन भ्रमणको तालिका सार्वजनिक

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने तालिका सार्वजनिक गरिएको हो । प्रचण्ड हाल अमेरिकाको भ्रमणमा छन् । उनी त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा […]

शिक्षक आन्दोलनको दोस्रो दिन : बानेश्वर क्षेत्र अस्तव्यस्त

Artharajniti  ~  सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघर तथा बानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट सुरु भएको काठमाडौँ […]

प्रधानमन्त्री प्रचण्ड : ” दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती देखियो “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धता अनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको दिगो विकासका लक्षसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता […]

शेखर समूहको बैठक आज, विश्व र प्रदीपलाई पनि निम्तो

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले  बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता […]

असोज ४ गतेदेखि २० गतेसम्म धादिङको नौबिसे-मलेखु सडकखण्ड राति बन्द हुने

Artharajniti  ~  पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न […]

विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन सरकारको आह्वान

Artharajniti  ~ सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ […]

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

Artharajniti  ~   नेपाल चिकित्सक संघले  देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै  आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा  आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले […]