विमान दुर्घटना : शव चाँडै परिवारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ राजनीति ~  पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये केही यात्रुको शवलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षणको लागि राखिएको छ। सोको बारेमा जानकारी लिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री दाहाल बिहीबार बिहान अस्पताल पुगेर शव परीक्षणको बारेमा जानकारी लिएका हुन्। उनले शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने […]

कांग्रेसकै कारण सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः नेता भट्टराई

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि काँग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन नसकेको बताएका हुन्। उनले कांग्रेस इतिहासमा हेर्ने हो भने […]

प्रधानमन्त्री प्रचण्डसंग कांग्रेस नेता पौडेलको बालुवाटारमा भेट

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ […]

आयल निगमले सरकारलाई बुझायो ८८ करोड फिर्ता

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नेपाल सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्ताबापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको निगमले जनाएको छ ।२०७९ असार अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई ऋण दिने निर्णय गरेको थियो । वार्षिक ५ […]

सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए

अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ […]

सभामुखमा उम्मेदवारीबारे अन्य दलसँग पनि छलफल गर्ने कांग्रेसको निर्णय

अर्थ  राजनीति  ~  नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो। आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेअघि नै […]

प्रधानमन्त्री प्रचण्डले बोलाए आज सर्वदलीय बैठक

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । यहि माघ ५ गतेका लागि तय गरिएको प्रतिनिधि सभाका सभामुखको चुनाव र राष्ट्रपतिको चुनावमा सहमति खोज्नका लागि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक डाक्नुभएको बुझिएको छ । […]

एमालेबाट थप मन्त्री छान्न बालकोटमा छलफल

अर्थ राजनीति  ~   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट मन्त्री छान्न निकटस्थहरूसँग छलफल थालेका छन् । अध्यक्ष ओलीले निजी निवास बालकोटमा उपलब्ध पार्टीका पदाधिकारीहरूलाई बालकोट बोलाएर मन्त्रीको टुङ्गो लगाउन छलफल थालेका हुन् । छलफलमा उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेता सहभागी छन् । सत्ता साझेदार दलबीचको सहमति […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

अर्थ राजनीति  ~  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना […]

राष्ट्रिय स्वतन्त्र पार्टीलले यी सांसदलाई बनाउँदैछन् मन्त्री

अर्थ राजनीति ~  सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलेसँगै दलहरु मन्त्री छनोटको लागि आन्तरिक तयारीमा जुटेका छन् । यस्तैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ । संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनी अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार […]