सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस

Artharajniti  ~  न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो । त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको […]

“नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ ” : अध्यक्ष तिमिल्सिना

Artharajniti  ~   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै  नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७ औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार , संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताए । “संविधान अनुकूलका कानुन […]

चीनबाट ३० करोड बराबरको राहत सामग्री आइपुग्यो

Artharajniti  ~  जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ । बुधबार चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  राहत सामग्री हस्तान्तरण गरेका छन्। बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। दुईवटा […]

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल […]

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार)  भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन् । शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन् । यसअघि राष्ट्रपति पौडेलले २० कात्तिक देखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

नेपालमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री डा. महत

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् । आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको उदाहरण रहेको बताएका हुन् ।उनले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने […]

सभापति लामिछाने : “६ महिनामा एउटा मात्र कानुन बनाइनु लज्जाको विषय हो “

Artharajniti ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‍ प्रभावहीन बनेको बताएका छन्। उनले बिहिबार प्रतिनिधि सभाको बैठकमा ६ महिनामा बजेटसँग सम्बन्धित बाहेक जम्मा एउटा मात्र विधेयक पास गरिनु लज्जाको विषय भएको बताए। ‘एउटा बैठकमा १० लाखका दरले ६ करोड १० लाख खर्च भयो तलब बाहेक। तर संसद्ले बजेटसँग सम्बन्धित बाहेक मात्र एउटा कानुन बनायो। […]

महसुल नतिर्ने ग्राहकविरुद्ध प्राधिकरण आक्रामकरुपमा प्रस्तुत

Artharajniti  ~  नेपाल विद्युत प्राधिकरण महसुल नतिर्नेविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ। प्राधिकरणले बिजुलीको महसुल नतिर्ने ग्राहकको लाइन धमाधम काट्न थालेको छ। उसले ४ दिनमा १२ हजारभन्दा बढी ग्राहकको लाइन काटिदिएको हो। पूर्वराजा ज्ञानेनन्द्र शाहको नागार्जुन दरबारको लाइन पनि काटिएको छ। पटक पटक ताकेता गर्दा पनि महसुल तिर्न अटेर गरेपछि लाइन काट्न थालेको प्राधिकरणका वितरण तथा […]

फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती

Artharajniti  ~  नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु […]

“पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो “- बालेन शाह

Artharajniti  ~  बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा […]