बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

Atharajniti  ~ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन्। महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका […]

राष्ट्र बैंकले कमायो ५४ बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा

Artharajniti  ~  नेपाल राष्ट्र बैंक एक्लैले सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा कमाएको छ । बैंकले अर्थ मन्त्रालयमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी कमाएको हो । यो रकम अघिल्लो वर्षको भन्दा करिब २२ प्रतिशत बढी हो । […]

अदालतको पूर्ण पाठपछि मारवाडी सेवा समिति : “उच्च अदालत जान्छौँ “

Artharajniti  ~  मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको विषयमा काठमाडौँ अदालतको फैसला विरुद्ध उच्च अदालत जाने भएको छ । अदालतले गत असोजमै गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएसँगै योविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी गरेको हो । समितिका अध्यक्ष प्रमोद अग्रवालले आफ्नो लिगल टिमले फैसलाको अध्ययन गरिरहेको भन्दै पुनरावेदनमा जाने बताए   ‘हिजो मात्रै फैसला आयो । […]

प्राधिकरणले जारी गर्‍यो १५ दिनपछि फेरि बिजुलीको लाइन काट्ने सूचना

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भन्दै आज एक सूचना प्रकाशित गरेर जानकारी गराएको छ । मन्त्रिपरिषद्को मिति २०८१।०७।२५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०८१।०७।२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने […]

पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ

Artharajniti ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो पत्रकार सम्मेलन घोषणा गरेका छन्। ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौतामा सरकारसँग विवाद बढेपछि निर्देशक घिसिङले पत्रकार सम्मेलन घोषणा गरेका हुन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो। त्यसपछि […]

नबिल बैंक साफा अवार्डबाट सम्मानित

Artharajniti  ~  नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो। दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा […]

‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ’ : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले […]

कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण

Artharajniti  ~  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ६ बुँदे स्पष्टीकरण सोधिएकोमा घिसिङले त्यसको जवाफ भने दिइसकेका छैनन् । ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । […]

दुई दिनमा ८५ अंकले बढ्यो नेप्से

Artharajniti  ~  साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ। आइतबार ६२.५४ र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो। सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो। यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर […]

एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।  सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]