” नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे । रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र […]

विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न सरकारले बनायो समिति

Artharajniti  ~  सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टड एकाउन्टेन पनि रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनकाअनुसार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि […]

बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ […]

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

Artharajniti  ~  साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै […]

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा […]

तीन महिनामा भित्रियो चार खर्ब रेमिटेन्स

Artharajniti  ~  चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८०/८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब […]

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्न सेनाको प्रयोग गर्ने ट्रम्पको घोषणा

Atharajniti  ~  नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोष्टलाई पुनः पोष्ट गरेका छन्। पोष्ट भनिएको छ, ‘नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ […]

रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

Artharajniti ~  काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर […]

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

Atharajniti   ~  आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि ४१० जनाको मनोयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ […]

बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

Atharajniti  ~ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन्। महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका […]