महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई […]

प्रधानमन्त्री ओली : ” लक्ष्यअनुसार काम नगर्नेले ठाउँ ओगट्न हुँदैन “

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्। घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार काम नगर्ने मन्त्रीले ठाउँ ओगटेर बसिराख्न नहुने पनि बताएका हुन्। कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्री ओलीले […]

धितोपत्र बोर्डले नेतृत्व पाएसँगै ३३ अंकले बढ्यो नेप्से

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ […]

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

Artharajniti  ~ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । आज बिहान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य […]

सरकारले गरेका कामहरुको समीक्षा गर्न प्रधानमन्त्रीले बैठक बोलाए

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन्। बैठकमा सबै मन्त्री र सबै […]

लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित

Artharajniti  ~  सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित भएको छ। नेपाल प्रहरी स्रोतका अनुसार आन्तरिक तयारी नपुगेका कारण उनलाई नल्याइएको र अब केही दिनमा ल्याएर बयान लिइने छ। एक जना प्रहरी अधिकृतले भने, ‘आन्तरिक तयारी नसकिएकाले आज नल्याइएको हो, तयारी सकिएपछि ल्याएर […]

राहदानी विभागका कप्युटरहरुमा भाइरस, सञ्चालनमा आउन दुई साता लाग्ने

Artharajniti  ~  राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा भाइरस पसेको जनाएको छ । राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो । कप्युटरमा भाइरस प्रवेश गरेका कारण त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको राहदानी विभागले जनाएको छ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने […]

चीन भ्रमणका विषयमा छलफल गर्दै प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् […]

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

Artharajniti  ~  निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ। आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो। आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक […]

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम […]