सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

Artharajniti  ~  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको […]

गृहमन्त्री : ” रविमाथिको अनुसन्धान प्रभावित हुने गरी बोल्नु बेठिक “

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दलका नेताले अभिव्यक्ति दिनु बेठिक भएको बताएका छन्। सुर्खेतमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन् हुने गरी अनुसन्धान नगरिएको पनि बताए। उनले सरकार […]

३७ वर्षपछि स्ट्याण्डर्ड चार्टर्डले पायो पहिलो नेपाली सिइओ

Artharajniti  ~ स्थापनाको ३७ वर्षपछि विदेशी संयुक्त लगानीको बैंक स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पहिलो पटक नेपाली नियुक्त भएका छन्। सन् २०२५ जनवरी एकदेखि लागु हुने गरेर बैंकमा गोरख राणा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।  हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्टयाण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन्। सन् […]

” सरकार र राजनीति विचौलियाको हातमा छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति विचौलियाको हातमा रहेको बताएका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरे। अध्यक्ष प्रचण्डले भने,‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन […]

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सेवा सुरु

Artharajniti  ~  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर  व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत […]

“अपराध गर्ने जोसुकैलाई कानुनको दायराभित्र ल्याइन्छ ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन दिँदै  अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने बताएका हुन् । शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका […]

देउवा निवासमा कार्यसम्पादन समिति बैठक जारी

Artharajniti  ~  सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री कार्यसम्पादन समिति बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो ।  बैठकमा कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति रहेको छ । प्रधानमन्त्रीको चीन भ्रमण पश्चात् बसेको बैठकमा बीआरआई सम्झौता छलफलको विषय छ । यस्तै कोशी प्रदेशमा शेखर कोइराला समूहबाट भएको भेला लगायत पार्टीको समसामयीक विषयमा […]

” देश चलाउनु सहकारी ठगे जस्तो होइन ” : प्रधानमन्त्री ओली

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन्। आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन्। ‘देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो […]

आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ […]

आगामी चुनाव एक्लै लड्‌ने माओवादी केन्द्रको निर्णय

Atharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले २०८४ मा हुने चुनाव एक्लै लड्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटरमा बसेको पदाधिकारी बैठकले एक्लै चुनाव लड्ने र त्यसको तयारीमा जुट्ने निर्णय गरेको हो । स्थानीय तहको चुनावको परिणामले उत्साहित माओवादी केन्द्रले आगामी चुनाव पनि एक्लै लड्ने निर्णय […]