पूर्व राजालाई ओली, देउवा र प्रचण्डको चुनौती : ” मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला “

Artharajniti   ~  प्रमुख तीन दलका शीर्ष नेताले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति  शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैदिन पूर्व राजा शाह र उनका समर्थकहरुलाई राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिएका हुन् । […]

५० वर्षपछि पनि ८५ वर्षीय बिजुक्छे नै नेमकिपा अध्यक्ष

Artharajniti  ~  नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ। अध्यक्ष चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ८५ वर्षीय बिजुक्छेले पार्टीमा युवाहरूलाई काम दिन पनि आफूले नै नेतृत्व सम्हाल्नुपरेको बताए। बिजुक्छे पार्टी स्थापनाकालदेखि अनवरत रूपमा नेतृत्वमा छन् त्यो पनि सर्वसम्मत रूपमा। नेमकिपा वि. सं. २०३१ माघ १० गते […]

वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैँक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू ) मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने […]

पाँचवटा अध्यादेश प्रतिनिधि सभामा पेस हुँदै

Artharajniti  ~  प्रतिनिधि सभाको बैठकमा आज भूमिबाहेकका पाँचवटा अध्यादेश अघि बढाइँदैछ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलबार अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । आज दिउँसो १ बजेका बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित […]

बैंकहरूबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ तरलता खिच्ने भएको छ। बैंकहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। मंगलबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको दुई खर्ब ३३ अर्ब रूपैयाँ प्रणालीमा फर्कन बाँकी छ। राष्ट्र बैंकमा बैंकहरूले यसअघि राखेको माघ १० गते राखेको ६० अर्ब परिपक्व भएर आजै बैंकिङ प्रणालीमा फर्किदैछ। बैंकहरूले […]

“यो सरकार जति टिक्छ, माओवादीलाई फाइदा हुन्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु […]

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

Artharajniti   ~  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।  यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन […]

ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने

Artharajniti  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयबाट कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।घिसिङले पुस अन्तिममा कार्यसम्पादन विवरण मन्त्रालयमा बुझाएका थिए । घिसिङसँग गरिएको कार्यसम्पादन करारमा प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण भदौ मसान्तभित्र […]

” राजसंस्था पुनर्स्थापनाको नभएसम्म विश्राम लिँदैनौँ ” : डा. राणा

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त नभएसम्म आफूहरु नरोकिने बताएका छन् ।‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन […]

अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायतामा रोक

Artharajniti  ~  अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकेको घोषणा गरेको छ । अमेरिकी संचारमाध्यम ब्लुमबर्गका अनुसार अमेरिकाले रुसविरुद्ध युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गरेको घोषणा गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका हुन् । तीन वर्षअघि आक्रमण शुरु भऐदेखि नै अमेरिकाको सैन्य सहायता युक्रेनको सबैभन्दा ठूलो स्रोत रहिआएको छ । जसमा हतियार, उपकरण र […]