पहिलो एक घण्टामा पौने २ अर्बको सेयर कारोबार

Artharajniti  ~  बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको यो कारोबार रकम अघिल्ला दिनको तुलनामा उल्लेख्य हो । १२ बजेसम्म नेप्से परिसूचक २० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा छ । १६४ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को […]

रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही […]

रवि लामिछानेप्रति पूर्वराष्ट्रपति भण्डारीको सद्‍भाव

Artharajniti  ~  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा उनीहरूबिच भेटवार्ता भएको हो । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा छलफल भयो’, भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक […]

आजदेखि भारतमाथि ५०% अमेरिकी कर

Artharajniti  ~ अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९:४५ बजेदेखि लागू भएको हो । पहिले भन्सार दर २५ प्रतिशत थियो । अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका […]

“पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए ।कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो […]

गाजामा युद्धविराम गर्न हमास सहमत, ५० बन्धक रिहा गर्ने

Artharajniti  ~  प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बन्धकको रिहाइका निम्ति मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको बीबीसीले जनाएको छ। इजिप्ट र कतारको यो प्रस्ताव गएको जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको ढाँचामा आधारित रहेको जनाइएको छ । यो योजना अनुसार, पहिले ६० […]

” उपसभामुख मगरलाई पदबाट हटाउन पाईदैन ” : अध्यक्ष दाहाल

Artharajniti ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कार्यको विरोध गर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा म‌गलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख मगरलाई हटाउने प्रयास गरेको समेत बताउनुभयो […]

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत व्याजदर

Artharajniti  ~  एनएमबि बैंकले नाडा अटो शो मा सहभागिता जनाउँदै र आउने चाँडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सिमित अवधिका लागि मात्रै ल्याएको जनाएको छ । जसका […]

उपसभामुख रानालाई हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर !

Artharajniti  ~   सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् […]

गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

Artharajniti  ~  सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो  रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले  बताए ।१९ वर्षअघि भएको गौर हत्याकाण्डको […]