नेकपा एमालेको दाेस्राे विधान महाधिवेशन आजदेखि सुरु

Artharajniti  ~  नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ। गोदावरीस्थित सनराइज हलमा सुरु हुने नेकपा (एमाले)को महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।यसअघि सचिवालय बैठकले स्वीकृत कार्यतालिका अनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्तावेज प्रस्तुत गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे। बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशनको एजेन्डा र […]

वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत २५ दिन अवधिका लागि प्रणालीको ५० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले […]

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी

Artharajniti  ~  चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्। सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

Artharajniti ~  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त […]

अमेरिकाबाट निष्कासित ३७ नेपालीलाई आज नेपाल ल्याइदै

Artharajniti  ~  अमेरिकाबाट निष्कासित ३७ जना नेपालीलाई आज चार्टर विमानबाट नेपाल ल्याइने भएको छ । अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन् । अध्यागमनले डिपोर्ट भएका […]

प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

Artharajniti  ~  प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित “Euromoney Award for Excellence 2025” अन्तर्गत ‘Nepal’s Best Digital Bank for SMEs’ को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Artharajniti  ~  स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको […]

” ममाथि राजनीतिक षड्यन्त्र गरियो ” : उपसभामुख राना

Artharajniti  ~  प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्ण रूपमा खारेज गरेकी छन् । न्युजसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताएकी हुन् । उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । […]

पुटिनसँग ओलीले राखे सिधा हवाई उडानसहितका यी तीन कुरा

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिनको होटल रिट्ज कार्ल्टनमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् । प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव […]

“भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न पार्टीको एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए । उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा […]