अर्थमन्त्री खनालको अध्यक्षतामा सरकारले गठन गर्‍यो भौतिक पूर्वाधार पुनर्निर्माण

Artharajniti  ~   सरकारले जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्री रामेश्वर खनालको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति  २०८२ गठन गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालयमातहतमा राखेर समिति गठन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । योसंगै मंगलबार सुनको मूल्य तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सोही सुनको […]

सिरहामा बालक अपहरणपछि हत्या

Artharajniti  ~  सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै […]

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

Artharajniti  ~  पृथ्वी राजमार्गको पहिरो पन्छाउन अझै पाँच घन्टा लाग्ने सम्भावना रहेको नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जानकारी दिएको छ।बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको थियो। बिहानपख पहिरो पन्छाएर बाटो एकतर्फी तुल्याउन खोजे पनि पुनः ठूलो पहिरो खसेको थियो।‘अहिले चारवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने प्रयास […]

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

Artharajniti  ~  जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको […]

अर्थमन्त्री खनालसँग पोखराका पर्यटन व्यवसायीको भेट

Artharajniti  ~  अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी अर्थमन्त्री खनाललाई पर्यटन क्षेत्रको पुनः उत्थानलगायत विषयमा ध्यानाकर्षण गराइएको हो । उक्त अवसरमा मन्त्री खनाललाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो ।भेटमा परिषद्का पूर्वअध्यक्ष एवं […]

आज मन्त्रिपरिषद् बैठक बस्दै

Artharajniti  ~  आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

“पार्टी र देशको भविष्यका लागि कठोर निर्णय लिनु जरुरी छ ” : महामन्त्री थापा

Artharajniti  ~  कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले शनिबार भिडियो सन्देशमार्फत उनले जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए । उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा सम्बोधन गर्न […]

काठमाडौं–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

Artharajniti  ~  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडान सेवा सुरू गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि […]

ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

Artharajniti  ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो।तत्कालीन प्रधानमन्त्री केपी […]