चन्द्र भण्डारीले गरे सभापतिमा उम्मेदवारी घोषणा

Artharajniti  ~  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्। ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी […]

NPLमा आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

Artharajniti  ~  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट […]

नवलपुर काँग्रेसमा उम्मेदवार छान्न रस्साकस्सी, आज उम्मेदवार छान्दै

Atharajniti  ~  नवलपुर जिल्लामा नेपाली काँगेसको तर्फबोट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवार छान्न रस्साकस्सी शुरु भएको छ । नवलपुरमा क्षेत्र नं. १ र २ दुवै क्षेत्रका लागि बुधबार उमेदवारको नाम टुंग्याउने भएको छ । मंगलबार नाम टुंग्याउनका लागि नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ र २ को छुट्टाछुट्टै भेला बसे पनि नाम भने टुंगाउनm सकेन […]

बैंकिङ क्षेत्रले गर्ने एआईको प्रयोगमा नियमन गर्दै राष्ट्र बैंक

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा सरकारले नियमन गर्ने भएको छ । राष्ट्र बैंकले एआईसम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो नियमनको तयारी गरेको हो । यसका लागि उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सार्वजनिक सुझावका लागि आह्वान गरेको छ । पुस १५ सम्मको प्राप्त सुझाव समेतलाई समेतटेर उक्त मापदण्ड लागु हुने […]

नागढुंगा-नौबिसे-मलेखु सडक बुधबारदेखि दैनिक ५ घण्टा बन्द

Artharajniti  ~  नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ । नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो । आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द […]

पोखरा विमानस्थल निर्माण अनियमिततामा बहुदलीय संलग्नता

Artharajniti  ~  प्रशासनिक नेतृत्व र कर्मचारीहरूलाई मात्र बढ्ता निशाना बनाउने गरेको आरोप खेप्दै आएको अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको ८ अर्ब भन्दा बढीको अनियमिततामा ठूलो संख्यामा उच्च राजनीतिक नेतृत्वमाथि पनि भ्रष्टाचारको मुद्दा लगाएको छ ।भ्रष्टाचारको मुद्दा लागेकाहरूमा वर्षौंदेखि सत्ताको हालीमुहाली गरिरहेका कांग्रेस एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेकाहरु छन् । अख्तियारले एउटै भ्रष्टाचार मुद्दामा यति […]

“राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस् ” : प्रवक्ता शाही

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले ‘राजा’, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताएका छन्। राप्रपाले मंसिर २३ गते गर्ने प्रदर्शनका सन्दर्भमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरूरी परेको बताए। ‘अब मंसिर २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज […]

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Artharajniti  ~  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ । अंक तालिकामा ६ […]

” संविधान संशोधनबिना देश नयाँ दिशामा जान सक्दैन ” : अध्यक्ष यादव

Artharajniti ~  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् । सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा बिहिबार पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएको उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक […]

बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । […]