तीन दिनभित्र शिक्षक विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

Artharajniti   ~   गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो । साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ । आदेशमा शिक्षकहरूका […]

भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड

Artharajniti  ~  भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  गोरखाको बारपाक पुगेका छन् । शुक्रबार अध्यक्ष प्रचण्डसँगै पूर्वउपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु नेताहरु बारपाक पुगेका हुन् । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सहभागी छन् । २०७२ साल वैशाख १२ गते भूकम्प गएको समय […]

” आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् ।  शुक्रबार महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई स्वस्थताको माध्यमबाट अघि बढाउनुपर्दछ’, उनले भने,  ‘आलोचना स्वागत छ तर आलोचना सत्य तथ्य र रचनात्मक हुन पनि जरुरी […]

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे

Artharajniti  ~  एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिरहेका घिमिरे बढुवा भई सीईओको जिम्मेवारीमा पुगेका हुन् । नवनियुक्त सीईओ घिमिरेले बुधबारदेखि नै औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ […]

” ‘गुरु’हरुका माग वार्ताका माध्यमबाटै सम्बोधन हुन्छन् ” : अर्थमन्त्री पौडेल

Artharajniti   ~   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताउनुभएको छ । अर्थ समितिको  बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विश्वमा ठूला-ठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे शसस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु […]

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Artharajniti  ~  आज देशभर विभिन्न कार्यक्रम गर्दै १९औँ लोकतन्त्र दिवस मनाइँदैछ । लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइन लागिएको हो । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र […]

सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद […]

विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती

Artharajniti  ~   नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार नियुक्त गरेका हुन् । समग्र शिक्षा सुधारसहित शिक्षकहरूले आन्दोलन चर्किरहेका वेला विद्या भट्टराईले शिक्षामन्त्रीबाट अचानक राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उनको ठाउँमा पन्तलाई मन्त्रीको जिम्मेवारी दिए । पन्तले बिहीबार शपथ […]

“यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। आज कम्युनिष्ट पार्टी स्थापना दिवसमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, […]

कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी

Artharajniti   ~   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो ।  शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय […]