ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : १७५ कर्मचारी सम्मानित

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित विशेष समारोहबिच […]

गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

Artharajniti  ~ नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो। नेकपा बाहिरिएपछि कांग्रेस, एमाले […]

कुलमान, जगदिश र बब्लुलाई प्रधानमन्त्रीले भनिन् : मन्त्री पदबाट राजीनामा दिनुस् “

Artharajniti  ~   प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न […]

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित […]

होवलदार युनुस एण्ड कम्पनीले माग्यो बैंकहरुसँग प्रष्टीकरण

Artharajniti  ~  बंगलादेशी कम्पनी होवलदार युनुस एण्ड कम्पनीले फेला पारेको कैफियतमाथि बैंक तथा वित्तीय संस्थाको राय माग्न काम थालेको छ। केही बैंकहरुसँग उसले राय माग्न काम सकेको छ भने केहीको बाँकी छ। उसले सुरुमा निकालेको कैफियतभन्दा अहिले केही कम देखिएको छ। खराब कर्जाको अंक नै घटेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। होवलदारले प्रारम्भिक प्रतिवेदनका […]

” विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन ” : महामन्त्री शर्मा

Artharajniti  ~   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका हुन् । महामन्त्री शर्माले  भने, ‘विशेष महाधिवेशन हुन्छ। पार्टी विभाजन हुँदैन।’ विधान अनुसार माग भएको विशेष महाधिवेशन हुँदा विभाजित नभई थप मजबुत हुन बल पुग्ने […]

अमेरिकाले भेनेजुएलाविरूद्ध गरेकाे आक्रामणको चौतर्फी रूपमा विरोध

Artharajniti  ~  अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ। भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको हाे । अधिकांश देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना […]

आयोगले लियाे ओलीकाे लिखित बयान

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष तथा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन् । आइतबार भक्तपुरको गुण्डुमा पुगेर जाँचबुझ आयोगको टोलीले ओलीको लिखित रूपमा बयान लिएको हो । ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र भदौ २४ को घटनाको विषयमा केन्द्रित रहेर लिखित रूपमा प्रश्न सोधिएको छ । […]

रास्वपाको केन्द्रीय समितिमा मनोनित बालेन शाहसहित २६ सदस्य

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना मनोनित भएका छन्। आइतबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले २६ जनालाई मनोनित गरेको हो। यसरी मनोनित भएका केन्द्रीय सदस्यहरूले शपथ समेत लिएका छन्। मनोनित भएका सदस्यहरूमध्ये बालेन शाह वरिष्ठ नेता भएका छन्। महामन्त्रीमा सुनिल लम्साल भएका छन्। त्यस्तै, भुपदेव शाह, […]

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

Artharajniti  ~  भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले बतायो। भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो। भीड अनियन्त्रित भइसक्दा […]