बैंकिङ कसुरको आरोपमा व्यवसायी अमित अग्रवाल पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।  काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालक अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले […]

कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमाललाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले  कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, […]

एमसीसीको पक्षमा बहुमत पुर्‍याउने गृहकार्यमा प्रधानमन्त्री

अर्थ राजनीति   ~  संसद्‌मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । गठबन्धन दलका सांसद र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुटेका हुन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन […]

क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

अर्थ राजनीति  ~  शनिबार साताको अन्तिम दिन क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य  ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ । इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । […]

आफैंले बनाएको भुमरीमा प्रचण्ड–माधव फसे

अर्थ राजनीति  ~  ‘एमसीसी टेबल गर्न हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार अपरान्ह पौने पाँच बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका घाइतेहरूमध्ये माओवादीकै कार्यकर्ता समेत छन् । एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीले नयाँ बानेश्वरको […]

मौसम सफा नभएपछि अझै खुलेन पोखरा विमानस्थल

अर्थ राजनीति  ~  मौसमी प्रतिकूलताका कारण पोखरा विमानस्थल सोमबार बिहानैदेखि बन्द छ। यो गन्तव्यका उडानको तालिका प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार पोखरा बाहेक अरु गन्तव्यका उडान भने यथावत छ। सोमबार यो गन्तव्यमा बुद्ध, यती, गुण लगायतका तीन वायुसेवा कम्पनीका क्रमशः १३, ५ र ३ गरी कुल २१ वटा उडानको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको […]

” माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौँ ” : सचेतक भट्टराई

अर्थ राजनीति  ~  एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार […]

” अहिले एमसीसीबारे भएका आलोचनामा कुनै सत्यता छैन ” : डा. रामशरण महत

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा […]

” सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज” : सहरी विकासमन्त्री झाँक्री

अर्थ राजनीति  ~  सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताइन् । उनले एमसीसी जस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको […]

एमसिसी : आज कि एमसिसी टेबल कि गठबन्धन बिसर्जन

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्। उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’ आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे। एकीकृत नेकपा […]