ग्लोबल बैंकको मोबाइल बैंकिङबाट भारतपे, पेटिएम र गुगल पेमा कारोबार गर्न सकिने

अर्थ राजनीति   ~  ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्युआर सुविधा सुरू गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआर मार्फत भारतपे, पेटिएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न […]

” स्थानीय तहलाई विकासको जिम्मेवारी दिन आवश्यक छ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् ।ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताए […]

सांघाई कोभिड: चीनले गर्‍यो सहरव्यापी लकडाउन घोषणा

अर्थ राजनीति~  चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा पछिल्ला दिनमा बढ्दै गएको छ। सबैभन्दा ठूलो सहर सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको पूर्वी आधा भागमा बस्ने आधा […]

भारतमा क्रिप्टो कर लगाउने विद्येयक संसदबाट पारित

अर्थ राजनीति  ~  भारतमा नयाँ वित्तीय विद्येयक संसदबाट पास भएसँगै डिजिटल सम्पत्तिमा कर लगाउन बाटो खुलेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट २०२२ मा भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) अर्थात् क्रिप्टोकरेन्सी र एनएफटीलाई करको दायरामा ल्याउने घोषणा गरेकी थिइन्। सरकारले अब यो करलाई थप कडा बनाउन प्रस्ताव गरेको छ। यस अन्तर्गत, क्रिप्टो लगानीकर्ताहरूले एउटा सम्पत्तिमा भएको […]

बैंकको ब्याजदर अझै बढ्न सक्ने

अर्थ राजनीति  ~  पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव […]

” चुनावी तालमेल आवश्यकताका आधारमा ” : प्रवक्ता डा. महत

अर्थ राजनीति  ~  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट […]

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग नलिने

अर्थ राजनीति  ~  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ ।आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो । महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा […]

स्थानीय तह चुनावमा एक करोड ७७ लाख मतदाता र दश हजार मतदानस्थल

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा बढी मतदाता बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ रहेका छन्। सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन्। कर्णालीमा दश लाख एक हजार २८२ मतदाता छन्। आयोगले २०७९ वैशाख २९ […]

भरिँदै होटलहरु, विदेशी पर्यटक पनि बढ्न थाले

अर्थ राजनीति  ~  पर्यटकीय सिजन सुरु भएसँगै नेपालका पर्यटकीय गन्तव्यहरुमा संचालित होटलहरु भरिन थालेका छन्। झन्डै तीन वर्ष कोभिडका कारण ठप्पप्रायः भएको पर्यटकीय गतिविधिहरुमा यसपालिबाट भने बल्ल चहलपहल केही बढेको पर्यटन व्यवसायीहरु बताउँछन्।कोभिड संक्रमण लगभग नियन्त्रणमा आएसँगै आन्तरिकसँगै विदेशी पर्यटकहरुको घुमफिरको क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको उनीहरुको ताजा अनुभव छ। पर्यटकको घुमफिर बढेसँगै चितवन, सौराहा, […]

विदेशमन्त्रीसँग प्रचण्ड भन्छन् : ” बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ “

अर्थ राजनीति  ~  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ […]