जबरालाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् । महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन […]

एकअर्कामाथि खनिए ओली र प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको तीव्र आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित फरक–फरक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वयले एकअर्काको अनेक आरोप पनि लगाए । ओलीले प्रचण्डलाई आफूमाथि छुरा रोपेको आरोप लगाए भने प्रचण्डले ओलीलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आक्षेप लगाए । बिहीबार माओवादी केन्द्र चितवनका नेता […]

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुंग्याउने

अर्थ राजनीति  ~  सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी […]

एनआईसी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने

अर्थ  राजनीति  ~  एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुभारम्भ भएको छ । यस बैंकले Visa इन्टरनेशनलसँग सहकार्य गर्दै अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशहरूबाट पठाइएको रकम आफ्नो बैंकको खातामा तुरुन्त प्राप्त […]

स्वदेश फर्किए अध्यक्ष ली चान्शु

अर्थ राजनीति  ~  नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु सहितको टोलि आज बिहीबार बिहान स्वदेश फर्किएको छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका लीले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग […]

सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक

अर्थ राजनीति  ~  सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसदको महाभियोग समिति बैठक सरेको छ। आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो। अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व प्रधानन्यायाधीशहरूलाई बैठकमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई […]

७० प्रतिशत स्वदेशी उत्पादनको उपभोग अनिवार्य गरौं : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा उनले यस्तो बताएका हुन् ।स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा […]

असोजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि […]

बालबालिकाको विकासमा परिवार र राज्य दुवैको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण […]

नक्कली कार्यक्रम र कलाकारको नाममा मानव तस्करी बढ्दो

अर्थ राजनीति  ~  विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ। शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिलाई करोडौं कमाइको प्रलोभन दिएर कलाकार भिसामा अस्ट्रेलिया छिराउने गिरोह सक्रिय छ। यस्तो गिरोहले एक व्यक्तिबाट २० देखि ३० लाखसम्म लिँदै आएका छन्। पछिल्लो पटक कोरोना […]