पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

अर्थ राजनीति  ~  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र […]

आज देखि प्रदूषण जाँच नगरी सञ्चालन गरे सवारीसाधनलाई एकलाख जरिवाना

अर्थ राजनीति  ~  वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड […]

पुषभरी चालु पुँजी कर्जा ठप्प, सीमा बढाउन र नवीकरण गर्न नपाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले आजबाट एक महिनासम्म चालु पुँजी कर्जा ठप्प पार्ने भएका छन्। राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार एक महिना चालु पुँजी कर्जा ठप्प हुने भएको हो। कात्तिक १ बाट लागू भएको मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ बाट लागू भएको हो। चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शनको १०.१२ नम्बरको बुँदामा भएको व्यवस्थाले […]

सरकार गठनमा संवैधानिक अस्पष्टता

अर्थ राजनीति  ~  निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन ।२०७४ सालको निर्वाचनमा […]

वामपन्थी सरकार बनाउन एमाले तयार, माओवादी सशंकित

अर्थ राजनीति  ~  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि पानी बाराबारको अवस्थामा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरू पुनः भेटघाट, वार्ता र संवादमा जुटेका छन् ।मंगलबार राति साढे १० बजे माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमाले अध्यक्षको निवास बालकोट गएर २ घण्टा छलफल गरे । मंसिर १९ गते एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

अर्जेन्टिना र फ्रान्स विश्वकपको उपाधिका लागि भिड्ने

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकपमा उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्ने भएका छन् । बुधबार दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको टिमले उपाधिका लागि लियोनल मेसीसँगको भेट पक्का गरेको हो । फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे । फ्रान्सअघि अर्जेन्टिनाले सेमिफाइनलमा […]

लागत कम गर्न स्थायी तरलता सुविधाको दर घटाउने तयारीमा राष्ट्र बैंक

अर्थ राजनीति  ~   चर्को ब्याज दरका कारण ब्यापार व्यवसाय ठप्प भएको भन्दै उद्योगी/व्यापारी आन्दोलित भइरहेका बेला नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाउने गृहकार्य गरेको छ। राष्ट्र बैंकले साविकभन्दा १ प्रतिशत विन्दु घटाउने गृहकार्य गरेको हो। मौद्रिक नीतिमार्फत ७ प्रतिशतको स्थायी तरलता सुविधा (एसएलएफ) लाई साढे ८ प्रतिशत पुर्‍याएपछि बैंकहरुले निक्षेपको ब्याज बढाएका छन्। महँगोमा निक्षेप […]

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग

अर्थ राजनीति  ~  निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ । प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट […]

सिद्धार्थ बैंक अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप […]

काठमाडौं महानगरले आज स्थापना दिवस मनाउँदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम […]