केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित

अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार […]

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण

 अर्थ राजनीति ~ नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच […]

अब सुन प्रकरणको अनुसन्धान ‘सीआईबी’ ले गर्ने

अर्थ राजनीति  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकपछि सुन प्रकरणको अनुसन्धानमा भएको प्रगतिबारे उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित महान्यायाधीवक्ता दिनमणी पोखरेल, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज […]

माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ । यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ । काठमाडौंको कमलादीमा बसेको […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

अर्थ राजनीति  ~   संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि […]

सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति, अनसन-धर्ना आजैदेखि स्थगित

अर्थ राजनीति  ~  सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन-धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो । छलफलबाट सहकारी […]

माओवादी केन्द्रको बैठक स् केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

अर्थ राजनीति ~ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् । बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा […]

५२ करोड राजस्व सङ्कलन

अर्थ राजनीति ~ कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछ्र्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ […]

एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ । राष्ट्रियसभाको […]