” एमालेमा अब पुस्तान्तरण हुन्छ ” : अध्यक्ष ओली

Artharajniti  ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक […]

रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज

Artharajniti  ~  लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी “द प्रमिस्ड ल्यान्ड”सँग गरिएका सबै सम्झौता खारेज गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ […]

” लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । अज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका हुन् । उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर […]

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

Artharajniti   ~  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । […]

” निजि क्षेत्रको आर्थिक बिकाशका लागि सरकारले नेत्रित्वो लिनुपर्छ ” – श्री नर बहादुर थापा | पूर्व कार्यकारी निर्देशक | नेपाल राष्ट्र बैंक

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्री नर बहादुर थापा र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्धर्भिक कुराकानी : “अनौपचारिक क्षेत्र नघट्नु यसको बिपरित बढ्नु भनेको राज्यको आर्थिक नीतिमा समस्या छ। ” –  बाकि अंश हेर्नको लागि तल click […]

रामग्राम लिज समझदारी रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

Artharajniti  ~  गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको […]

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले […]

चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका जिल्ला न्यायाधीश आचार्यको सरूवा

Artharajniti  ~  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरूवा गरिदिएका छन्। न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काज सरूवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। न्यायाधीशहरूको सरूवा न्यायपरिषदले गर्ने व्यवस्था भए पनि काज सरूवा भने प्रधानन्यायाधीशले गर्न पाउँछन्। परिषदका एक सदस्यका अनुसार जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा […]

फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर

Artharajniti   ~  फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । ४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप […]

” भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ ” : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन […]