धरौटीका रूपमा पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

Artharajniti ~  डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ […]

“लगानीको वातावरण नबन्दा वित्तीय प्रणालीमा पैसा थुप्रियो ” : गभर्नर पौडेल

Artharajniti  ~ नेपाल राष्ट्र बैंकका डा.विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्य समितिसँगको भेटघाटमा उनले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा पैसा लगानी हुन नसकेको उल्लेख गरे। ‘अहिले हामीसँग पर्याप्त पैसा छ, तर लगानी हुन सकेको छैन,’ गभर्नर पौडेलले भने, […]

प्रचण्ड :-” एमाले छाडेर सबै यता आउँछन् “

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै […]

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान

Artharajniti  ~  उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ । मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी […]

आज नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दैछ । दशैँ, तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र […]

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै

Artharajniti  ~  नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दैछन्। रावलसहितका नेताहरू बुधबार दिउँसो साढे एक बजे नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। आजै एमाले छाडेर केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्न लागेको नेताहरूले बताएका छन्। उनीहरूलाई उक्त […]

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’

Artharajniti  ~  ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको नामावलीमा डाक्टर, इञ्जिनियरहरू प्रशस्तै छन्। पार्टीको अध्यक्ष नै इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय हुन्। त्यसबाहेक सदस्यहरूमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र […]

मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह

Artharajniti  ~ सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज छिटो बनाउन र कार्यसमय समेत बढाउन आग्रह गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिंकिंदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो । फागुन […]

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

Artharajniti  ~  आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ […]

३३ औँ आईजीपी दान बहादुर कार्की

Artharajnit ~  मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की आफ्नो ब्याचमा १ नम्बर वरीयातामा थिए । प्रहरी ऐन र […]