रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

Artharajniti ~  प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा  छलफल भएको छ । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ […]

एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

Artharajniti  ~  नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । ‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले बिहीबार रिट निवेदन पेस गरेका हुन् । गुरुङ दम्पतीले काठमाडौँको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको लागि […]

एकैदिन २ हजार रुपैयाँले बढेर सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Artharajniti  ~  सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । […]

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

Artharajniti  ~  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ […]

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक

Artharajnit   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् […]

प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ खिन लागेको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। यसअघि बोलकबोलमार्फत खिचेको साढे ७४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

” माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए । अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीबाट हटे पनि […]

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

Artharajniti   ~  नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ “आवास कर्जा ” ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि […]

बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

Artharajniti  ~  बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर […]

गृहमन्त्री लेखक : ” विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठायौँ “

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनकाे क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन […]