भारत – तीन वर्षीय बालकमा कोरोना संक्रमण भएको पुष्टि, बच्चाकी आमा नर्स

Machchapuchchre

काठमाडौं । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् । इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए ।

कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो । स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो ।

परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत रहेकाे खुलासा भएकाे छ। उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ । भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्