अर्थ राजनीति ~ निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले दुई जहाज थप्ने भएको छ । एटीआर-७२-५०० सिरीजका दुई नयाँ जहाज ल्याउने भएको छ । आन्तरिक गन्तव्यमा उडान थप्दै लगेको कम्पनीले सेवा सहज बनाउन आवश्यक परेकाले जहाज थप्न खरिद सम्झौता भइसकेको जनाएको छ । आगामी जुलाइभित्रै नेपाल आइपुग्ने दुई जहाजमध्ये एउटा भैरहवा विमानस्थललाई बेस मानेर उडान गर्ने योजना छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले दुई जहाज थप्ने
