अर्थ राजनीति ~ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने भएको छ । सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने सम्झौंता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता
