अर्थ राजनीति ~ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो । बैंकले ७ प्रतिशत बोनस सेयर र करसहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने
