माछापुच्छ्रे बैंकले डिजिटल भुक्तानीको लागी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न

Machchapuchchre

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आफ्ना संस्थागत ग्राहकलाई बैंक खाताबाटै डिजिटल भुक्तानी गर्ने सेवा उपलब्ध गराउने योजना ल्याएको  छ । बैंकले डिजिटल भुक्तानीको लागी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनसीएचएलका प्रमुख कार्यकारी निलेषमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ब्यवसायिक ग्राहकहरुले मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङमार्फत बैंकमा नगइ फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवा तथा राजस्वको भुक्तानी सजिलै  गर्न सक्छन् । साथै यो प्रणालीमार्फ कनेक्टआइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल टाइम वा नन् रियलटाइम भुक्तानी कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्