१९१३ जनामा कोरोना संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या म,अन्त्रलायाले जनाएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।