सिराहाबाट नक्कली नोटसहित तीन जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जनलाई प्रहरी पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।