सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पटाका पड्काउँदा आगलागी भएर ६ घर जल्यो

Machchapuchchre

अर्थ राजनीति ~ बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेका छन । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । घर भित्र भएको सामान सम्पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जानकारी दिएकोपटाका पड्काउँदा आगलागी, ६ घर जल्यो छ ।